होम आइसोलेसनमै कोभिड संक्रमित ६५ वर्षिया महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३० बैशाख २०७८, बिहीबार

तस्विर: फाइल

नेपालगन्ज: बाँकेमा होम आइसोलेसनमा बसेका एकजना संक्रमितको मृत्यु भएको छ । खजुरा गाउँपालिका-१ बाँकेका ६४ वर्षिया महिलाको होम आइसोलेसनमै मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

बैशाख २८ मा भेरी अस्पतालमा पीसीआर गर्नुभएका उहाँको आज साझँ ५ बजे मृत्यु भएको हो । त्यस्तै आजै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप एकजना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका अनुसार हिजो कैलालीमा कोभिड पुष्टि भई आज थप उपचारका लागि अस्पताल भर्ना हुनुभएका लम्कीचुहा-९ कैलालीका ४० वर्षिय पुरुषको अघि साझँ ६:१० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा उपचारका लागि आएका जिल्ला बाहिरका १६५ जना र बाँकेकै २१८ जनाको मृत्यु भईसकेको छ ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech