८९६० संक्रमित थपिदा ५ हजार बढी निको भए

    • स्वास्थ्य पेज

  • ३० बैशाख २०७८, बिहीबार

काठमाडौं: बिहीबार देशभर ८ हजार ९६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न प्रयोगशालामा १९ हजार ४७४ पीसीआर परीक्षणबाट ८ हजार ८४२ जना र ७७१ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ११८ जना गरि कुल ८९६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ । गएको २४ घण्टामा देशभरबाट ५ हजार ५५ संक्रमित कोभिड संक्रमण मुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोनाबाट निको हुनेहरुको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ । देशभर कोभिडका १ लाख ५ हजार २०७ सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ४९७ जना छन् ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech