कोहलपुरका ३८ वर्षिय संक्रमित पुरुषको मेडिकल कलेजमा मृत्यु

    • स्वास्थ्य पेज

  • ३० बैशाख २०७८, बिहीबार

तस्विरः फाइल

नेपालगन्ज: नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कोरोना संक्रमित थप एकजना बिरामीको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका-१ का ३८ वर्षिय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । स्वास्थ्यमा समस्या आएपछि बैशाख २५ मा पीसीआर परीक्षण गरि २९ बैशाखमा अस्पताल भर्ना हुनुभएका उहाँको आज दिउँसो १२ ३० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा कोरोना संक्रमणका कारण जिल्लाका २१७ जनाको ज्यान गईसकेको छ ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech