बाँकेमा आज थपिने २३५ जना मात्र, निको हुने ६२१ जना

    • स्वास्थ्य पेज

  • ३० बैशाख २०७८, बिहीबार

नेपालगन्ज: पछिल्लो २४ घण्टामा बाँकेमा २३५ कोभिड संक्रमित थपिएका छन् । जिल्लाका दुईवटा प्रयोगशालामा ४०५ नमुना परीक्षण गर्दा २३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशालामा १७८ नमुना परीक्षण गर्दा १०० जना र बागेश्वरी ल्याबमा २२७ नमुना परीक्षण गर्दा १३५ जना गरि कुल २३५ संक्रमित थपिएका हुन् ।भेरी अस्पतालको प्रयोगशालाले आज रिर्पोट दिएको छैन । हालसम्म बाँकेमा ६७ हजार ८३५ जनाको पीसीआर परीक्षण सम्पन्न भईसकेको छ ।

त्यसमध्य १४ हजार ५५७ जनामा संक्रमण पुष्टि भएको केन्द्रको तथ्यांकमा उल्लेख छ । आज बाँकेमा कोरोना संक्रमणबाट निको भएर ६२१ जना डिस्चार्ज भएको छन् ।

जिल्लाका विभिन्न संस्थागत तथा होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका २९१ जना महिला र ३३० जना पुरुष गरि कुल ६२१ जना डिस्चार्ज भएका हन् ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech