अक्सिजन अभावका कारण बिरामी भर्ना लिन नसकिने सूचनाप्रति जिल्ला प्रशासन काठामाण्डौको गम्भीर ध्यानाकर्षण

    • स्वास्थ्य पेज

  • ३० बैशाख २०७८, बिहीबार

काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठामाण्डौंले अक्सिजन अभावका कारण नयाँ बिरामी भर्ना लिन नसकिने काठमाण्डौका विभिन्न अस्पतालको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अक्सिजनको अभावलाई पूर्ति गर्नका लागि सबैपक्षबाट भैरहेको प्रयासलाई नजर अन्दाज गर्दै सार्वजनिक सूचनाका नाममा सर्वसाधारणमा त्रास फैलाउने कार्य भएको प्रशासनको ठहर छ ।

आम नागरिकमा यसको असर पर्ने हुदा संवेदनशील अवस्थामा सबै पक्ष जिम्मेवार भई कोभिड नियन्त्रणमा प्रभावकारी भुमिका खेल्न प्रशासनले आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सार्वजनिक ध्यानाकर्षणबारेको सूचना जारी गर्दै अक्सिजन अभावमा बिरामी भर्ना लिन सक्दैनौं भन्नु गैरजिम्मेवारी भएको बताउनुभएको छ ।

उहाँले कोरोना महामारीबिरुद्ध देश जुधिरहेका बेला मानवीय संवेदनशीलता देखाउन अस्पतालहरुलाई आग्रह गर्नुभएको हो ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech