२९ वर्षिया महिलाको कोभिड संक्रमणका कारण मृत्यु, हिजो मात्र एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको थियो

    • स्वास्थ्य पेज

  • ३० बैशाख २०७८, बिहीबार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण नेपालगन्जमा उपमहानगरपालिका १२ बाँकेेेकी २९ वर्षिया महिलाको मृत्यु भएको छ ।

हिजो बैशाख २९ गते एन्टिजेन विधिबाट परीक्षण गर्दा कोभिड पुष्टि भएपछि थप उपचारका लागि नारी आइसोलेसन सेन्टरमा भर्ना हुनुभएको उहाँको आज बिहान ८ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उहाँलाई थप उपचारका लागि भेरी अस्पताल पुर्याए लगत्तै मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा कोभिड संक्रमणका कारण जिल्लाकै २१४ जनाले हालसम्म ज्यान गुमाईसकेका छन् ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech