काठमाडौं उपत्यकामा आजबाट अत्यावश्यक सेवा बाहेकका कार्यालय बन्द हुने

    • स्वास्थ्य पेज

  • ३० बैशाख २०७८, बिहीबार

काठमाडौं: काठमाडौं उपत्यकामा आजबाट अत्यावश्यक सेवा बाहेकका कार्यालय बन्द हुने भएका छन् । उपत्यकामा आजबाट जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञा लागू भएपछि अत्यावश्यक सेवा बाहेकका कार्यालय समेत बन्द हुने भएका हुन् ।

यद्यपि अत्यावश्यक सेवाका कार्यालय भने सञ्चालनमा आउनेछन् । औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवाका लागि मात्र निस्कन पाईनेछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसपटकको निषेधाज्ञामा बिहान १० बजेसम्म अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला हुनेछन् ।

मानिसको भीडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ । उपत्यकामा गएराति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech