बाँकेका अस्पतालमा कोभिड संक्रमित थप ९ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३० बैशाख २०७८, बिहीबार

तस्बिर:फाइल

नेपालगन्ज: कोभिड संक्रमित बिरामीहरुको उपचार भैरहेको बाँकेका दुई ठूला अस्पतालमा थप ९ जनाको मृत्यु भएको छ। नेपालगन्ज स्थित भेरी अस्पतालमा तीन जना र मेडिकल कलेजमा ६ जना गरि थप ९ जना संक्रमितको मृत्यु भएको अस्पतालहरुले पुष्टि गरेका छन् ।

मृत्यु हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिका-१ का ४३ वर्षिया महिला, राजापुर-६ बर्दियाका ५६ वर्षिया महिला, गुलरिया नगरपालिका-८ बर्दियाका ३२ वर्षिया महिला, तुलसीपुर उपमहानगरपालिका-६ दाङका ४३ वर्षिय पुरुष, बैजनाथ गाउँपालिका-६ बाँकेका ६४ वर्षिय पुरुष र तुलसिपुर उपमहानगरपालिका-५ दाङका ३५ वर्षिया महिला हुनुहुन्छ ।

यस्तै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीका अनुसार डुडुवा गाउँपालिका-३ बाँकेका ५० वर्षिया महिला, नरैनापुर गाउँपालिका-५ बाँकेका ४२ वर्षिय पुरुष र नेपालगन्ज उपमहानगरपालिका-१२ का ७५ वर्षिया महिलाको समेत कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।

केन्द्रको तथ्यांक अनुसार हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका १६३ जना र बाँकेकै २१३ जनाले ज्यान गुमाईसकेका छन् ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech