रेमडिसिभिर प्रकरणः ‘भेरीले भन्यो प्रहरी प्रशासनबाट कर्मचारीलाई हत्तोसाहित गर्ने काम भयो’

    • स्वास्थ्य पेज

  • २९ बैशाख २०७८, बुधबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जले प्रहरी प्रशासनबाट अस्पतालका कर्मचारीमाथि हत्तोसाहित गर्ने काम भएको भन्दै त्यसको विरोध गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाद्धारा जारी विज्ञप्तीमा अनुगमनका नाममा प्रहरी प्रशासनबाट कर्मचारीलाई हत्तोसाहित गराउने काम भएको भन्दै त्यसको भत्र्सना गरिएको हो ।

कोरोनाका विरामीलाई प्रयोग गरिदै आइएको रेमडिसिभिर कालोबजारी गरेको अभियोगमा नेपालगन्जका दुईजना पक्राउ परेका थिए । उनीहरुले बयानमा भेरीको अस्पताल फार्मेसीलाई पोलेपछि प्रहरीले मौज्दात रेमडिसिभिर विक्री नगर्न निर्देशन दिएको थियो । बाँके प्रहरीले फार्मेसीकै कर्मचारीबाट ती रेमडिसिभिर बाहिरिएको एकिनबारे अझै अनुसन्धानबाट भइरहेको जनाएको छ ।

अस्पतालले प्रहरीको आदेश अनुसार बाँकी रेमडिसिभिर विक्री गर्न नसकिने जानकारी गराएको छ । विज्ञप्तीमा भनिएको छ -‘विगत केही दिन यता भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचारार्थ अहेरात्र खटिनुभएका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरु माथि सेवाग्राहीका आफन्तहरुले हातपात र दुव्र्यवहार गर्ने र अर्को तिर प्रहरी प्रशासनबाट पटक पटक अनुगमनका नाममा कर्मचारीहरुलाई हत्तोसाहित गरिरहेको श्रृंखलामा आज पुनः जिल्ला प्रहरीको टीम विना कुनै जानकारी अस्पतालको फार्मेसीमा प्रवेश गरेको घटनाप्रति भत्र्सना गर्दछौं’ ।

रेमडिसिभिर विक्री रोकिएपछि अरु डोज लगाउन बाँकी भएका विरामी भने मर्कामा परेका छन् । सरकारले कोभिड डेडिकेटेड अस्पताललाई मात्र रेमडिसिभिर इन्जेक्शन दिने गरेको छ । पछिल्लो पटक बंगलादेशबाट आएको रेमडिसिभिर मध्ये भेरी अस्पताल नेपालगन्जले १९८ भायल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पातालले १०२ भायल रेमडिसिभिर पाएको थियो ।

तर बजारमा कालोबजारी बढ्दै गएको गुनासो बढेपछि प्रहरीले सक्रियता बढाएको छ । यस्तो संकटमा पनि औषधिजस्तो संवेदनशील बस्तुमा कालोबजारी बढेपछि नागरिकहरु आक्रोसित छन् ।

 

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech