पछिल्लो २४ घण्टामा १६८ जना कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २९ बैशाख २०७८, बुधबार

तस्विर: फाइल

काडमाडौंः २४ घण्टामा १६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार २२५ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभर नेपालमा ९ हजार ३०५ जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ३६२ जनाको पीसीआर विधि र ४२४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ हजार ३०६ जना संक्रमित पुष्टि भएका हुन्।

पिसिआर विधिबाट ९ हजार २३८ र एन्टीजेन विधिबाट ६७ जना संक्रमित पुष्टि भएका हुन्। नयाँ संक्रमित थप भएसँगै एक लाख ६३४जना सक्रिय संक्रमित रहेका छन्। ५१७ जना व्यक्ति क्वारेन्टाइनमा छन्।

आज देशभर चार हजार ४४४ जना व्यक्ति निको भएका छन्।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech