रेमडिसिभिर प्रकरणः भेरीको अस्पताल फार्मेसीलाई रेमडिसिभिर विक्री गर्न प्रहरीको रोक

    • स्वास्थ्य पेज

  • २९ बैशाख २०७८, बुधबार

नेपालगन्ज: भेरी अस्पतालको अस्पताल फार्मेसीलाई रेमडिसिभिर विक्री गर्न बाँके प्रहरीले रोक लगाएको छ । रेमडिसिभिर कालोबजारी गरेको अभियोगमा आज नेपालगन्जबाट दुईजना पक्राउ परेपछि उनीहरुको बयानका आधारमा भेरी अस्पतालको अस्पताल फार्मेसीलाई रेमडिसिभिर विक्री नगर्न प्रहरीले भनेको हो ।

बाँके प्रहरीले रेमडिसिभिर कालोबजारी गर्ने नेपालगन्जका मोहम्मद जावेद अन्सारी र हारुन अंशुलाई पक्राउ गरेको थियो । उनीहरुले दुई भायल रेमडिसिभिर २५/२५ हजार मूल्यमा विक्री गर्ने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।

उक्त रेमडिसिभिर उनीहरुले भेरीको अस्पताल फार्मेसीबाट लगेको बयान दिएको प्रहरीले जनाएको छ । भेरीसँग अहिले ३२ भायल रेमडिसिभिर बाँकी छ । केही दिन अघि भेरीले १ सय ९८ भायल रेमडिसिभिर पाएको थियो ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech