९३०५ कोभिड संक्रमित थपिए, ४ हजार बढी डस्चार्ज

    • स्वास्थ्य पेज

  • २९ बैशाख २०७८, बुधबार

काठमाडौं: बुधबार देशभर ९ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा देशभरका पीसीआर प्रयोगशालाहरुमा २० हजार ३६२ नमुना र विभिन्न नाकाहरुमा ४२४ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ९३०५ जना नयाँ संक्रमित थपिएका हुन् ।

गएको २४ घण्टामा देशभर ४ हजार ४४४ कोभिडका बिरामी संक्रमण मुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण १६८ जनाको मृत्यु भएको रिर्पाट मन्त्रालयमा भएको छ ।

 

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech