रेमडिसिभिर कालोबजारी गर्ने नेपालगन्जका जावेद र हारुन पक्राउ

    • स्वास्थ्य पेज

  • २९ बैशाख २०७८, बुधबार

नेपालगन्जः कोरोना संक्रमित विरामीका लागि प्रयोग हुँदै आएको रेमडिसिभिर चर्को मूल्यमा विक्री गर्ने दुई जना नेपालगन्जका भएको प्रहरीले खुलाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरुलाई आज विहान नेपालगन्जबाट पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका-८ का २३ वर्षीय मोहम्मद जावेद अनसारी र अर्का नेपालगन्ज उपमहानगरपालिका-११ का २५ वर्षीय हारुन अंशु रहेका छन् ।

बाँकेका एसपी ओम रानाले स्वास्थ्य पेजलाई दिइएको जानकारी अनुसार, उनीहरुले दुई भायल रेमडिसिभिर रु २५/२५ हजारमा विक्री गरिरहेका थिए ।

उनीहरुले पुष्ठभूमिबारे थप अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनुभयो । प्रहरीले उनीहरुमाथि रेमडिसिभिर कसरी लिए ? कहाँबाट लिए ? अहिलेसम्म कति विक्री गरे ?लगायतका बारेमा गम्भीर ढंगले अनुसन्धान गरिहेको जनाएको छ ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech