नेपालगन्जः कोरोना संक्रमित विरामीका लागि प्रयोग हुँदै आएको रेमडिसिभिर चर्को मूल्यमा विक्री गर्ने दुई जनालाई नेपालगन्जबाट पक्राउ गरिएको छ ।
रेमडिसिभिर कालोबजारी भइरहेको गुनासो आइरहेका बेला बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । बाँकेका एसपी ओम रानाले स्वास्थ्य पेजलाई दिइएको जानकारी अनुसार, उनीहरुले एक भायल रेमडिसिभिर रु २५ हजारमा विक्री गरिरहेका थिए ।
थप अनुसन्धानमा रहेकाले उनीहरुको नाम भने उहाँले खुलाउनु भएन् ।