मागअनुसार अक्सिजनको आपूर्ति भएन, अब नयाँ बिरामी भर्ना लिन सकिदैन-ग्राण्डी अस्पताल

    • स्वास्थ्य पेज

  • २९ बैशाख २०७८, बुधबार

काठमाडौं: ग्राण्डी अस्पतालले अक्सिजनको अभाव भएको भन्दै कोभिडका नयाँ बिरामी भर्ना लिन नसकिने जनाएको छ । कोरोना संक्रमितको उपचारमा अक्सिजनको मागअनुसार आपूर्ति हुन नसकेको भन्दै अस्पतालले नयाँ बिरामी भर्ना गर्न नसकिने अवस्था आएको जनाएको हो ।

बुधबार एक सूचना जारी गर्दै अस्पतालले सरकारले दैनिक १०० सिलिन्डर अक्सिजन दिने गरेको जनाउँदै यही कारणले थप बिरामी भर्ना लिन नसक्ने बताएको हो । अक्सिजनको मात्रा आवश्यकताअनुसार अक्सिजन उपलब्ध भएसँगै थप बिरामी भर्ना गरिने अस्पतालले जनाएको छ ।

ग्रान्डी अस्पतालले हाल ७५ भन्दा बढी कोरोना बिरामी तथा १०० भन्दा बढी कोरोना नभएका बिरामीले उपचार गरिरहेको छ ।

देशका विभिन्न अस्पतालले अहिले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामीहरुको भर्ना रोकिरहेका छन् । एकातिर संक्रमण तिब्र रुपमा फैलिरहेको र अर्कोतिर गम्भीर बिरामीको उपचारमा आवश्यक अक्सिजनको अभाव भैरहेकाले कोभिडका बिरामी उपचार नपाई ज्यान गुमाउन बाध्य छन् ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech