कोभिडविरुद्धको चिनियाँ भेरोसेलको दोस्रो चरणको खोप जेठ दुई गतेदेखि दिइने

    • स्वास्थ्य पेज

  • २९ बैशाख २०७८, बुधबार

तस्बिर:फाइल

काठमाडौं: कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोपको दोस्रो चरण जेठ दुई गतेदेखि सन्चालन हुने भएको छ ।कोरोनाविरुद्धको दोस्रो चरणको चिनियाँ भेरोसेल खोप सञ्चालन गर्न तयारी भैरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको निर्णय अनुसार स्वास्थ्य कार्यालय, काठमाडौंबाट खोप अभियान सञ्चालन गर्ने भएको छ । खोपको पहिलो मात्रा दिँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्रमा अत्याधिक भिडभाड भएको भन्दै स्थगित गरेको थियो ।

काठमाडौं उपत्यकामा दोस्रो चरणको भेरोसेल खोप अभियान सञ्चालनका लागि सबै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोक्न, भिडभाड हुन नदिन र कुपन वितरण व्यवस्था मिलाउन निर्देशन यस अघि नै स्वास्थ्य कार्यालय काठमाडौंले दिएको थियो ।

यो खोप १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले लगाउन पाउने छन् ।कुन मितिमा खोप लगाएकालाई कहिले खोप दिने भन्नेबारेमा बुधबार बैठक बसेर निर्णय गरिने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech