भेरी अस्पतालमा दाङका ६६ वर्षीय कोभिड संक्रमित पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • २९ बैशाख २०७८, बुधबार

तस्विरः फाइल

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा कोरोना भाइरस संक्रमित थप एकजनाको मृत्यु भएको छ । अस्पतालका अनुसार तुलसिपुर उपमहानगरपालिका दाङका ६६ वर्षीय पुरुषको कोभिड संक्रमणका कारण मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि बैशाख २२ मा कोभिड परीक्षण गरि सोहीदिन देखि अस्पतालमा थप उपचारका लागि भर्ना हुनुभएका उहाँको आज बिहान ३ बजे मृत्यु भएको हो । बाँकेमा केहि दिनयता कोभिड संक्रमित बिरामीहरुको मृत्युदर बढिरहेको छ ।

संक्रमित बिरामीहरुको उपचार हुदै आएको भेरी अस्पताल र मेडिकल कलेजमा गम्भीर प्रकृतिका संक्रमित बिरामीहरुको उपचार भैरहेकाले पनि मृत्युदर बढिरहेको आँकलन गर्न सकिन्छ । दिनमा १० देखि १५ जनासम्म बिरामीहरु कोभिड संक्रमणकै कारण ज्यान गुमाउन बाध्य छन् ।

चिकित्सकहरुले संक्रमण कडा खालको हुनु र गम्भीर अवस्थामा बिरामी अस्पताल सम्म आइपुग्दा पनि मृत्युदर बढिरहेको बताउँछन् ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech