राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नर्सहरूको प्रशंसा

    • स्वास्थ्य पेज

  • २९ बैशाख २०७८, बुधबार

तस्बिर:फाइल

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर संक्रमितहरुको हेरचाहमा खटिएका नर्सको प्रशंसा गर्नुभएको छ ।

उहाँले आज ट्विट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै नर्सको उच्च प्रशंसा गर्नुभएको हो ।

विश्वव्यापी महामारी कोभिड-१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर संक्रमितहरुको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछुुु, उहाँले ट्वीटमा भन्नुभएको छ ।

आज नेपालसहित विश्वभरि नै ‘नर्स:नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्स दिवस मनाईदै छ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech