बाँकेका अस्पतालमा कोभिड संक्रमित थप ११ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २९ बैशाख २०७८, बुधबार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप ११ जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा ६ जना र नेपालगन्ज मेडिकल कलेजमा ५ जना गरि थप ११ जनाको मृत्यु भएको अस्पतालहरुले पुष्टि गरेका छन् ।

मृत्यु हुनेहरुमा गुलरिया नगरपालिका-९ बर्दियाका ४७ वर्षिया महिला, बनगाड कुविन्डे-६ सल्यानका ५० वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका-१६ बाँकेका ४९ वर्षिया महिला, नेपालगन्ज उपमहानगरपालिका-५ बाँकेका ४४ वर्षिय पुरुष र मधुवन नगरपालिका-६ बर्दियाका ५५ वर्षिय पुरुष हुनुहुन्छ ।

त्यस्तै नेपालगन्ज मडिकल कलेजमा उपचारका क्रममा कोभिड संक्रमित घोडाघोडी नगरपालिका-१ कैलालीका ६० वर्षिय पुरुष, कोहलपुर नगरपालिका-२ बाँकेका ३० वर्षिया महिला, कोहलपुर नगरपालिका-१० का ४५ वर्षिया महिला र कोहलपुर नगरपालिका-११ बाँकेका ४१ वर्षिया पुरुषको समेत मृत्यु भएको छ ।

अस्पतालका अनुसार कोहलपुर-१४ का ६४ वर्षिया महिलाको पनि आज बिहान उपचारका क्रममा मृत्यु भएको छ। बर्दियाका कोभिड फोकलपर्सन नरेश श्रेष्ठका अनुसार बढैयाताल गाउँपालिका बर्दियाका ६५ वर्षिय पुरुषको पनि कोरोना संक्रमणका कारण भेरी अस्पतालमा मृत्यु भएको छ ।

योसँगै कोभिड संक्रमणका कारण हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका १५७ जना र जिल्लाकै २०४ जनाको मृत्यु भईसकेको छ ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech