परिचारिका (नर्स) !

    • दान बहादुर रोकाया

  • २९ बैशाख २०७८, बुधबार

परिचारिका (नर्स) !

कलियुग पसिसकेर,
एक अर्का प्रती सबै बेपर्बाह हुँदा ,
बिरामीहरु अस्पतालमा आफ्नो
रोग, भोक र शोकको पीडा खेप्न नसकी रुदा ।
उनिहरुलाइ आफ्नै ठानी ,
सेवा नै धर्म मानी ,
शान्तिको प्रतीक सेतो वस्त्र पहिरिएका ,
दिन रातको वास्तै नगरी बिरामीको समस्यामा गहिरिएका ।
ती महान परिचारिकाहरु

कोरोना महामारीले,
विश्व भरिनै विकराल रुप लिइरहेका बेला,
उपचारमा खट्न ज्यानको माया मारिकन ,
अस्पताल , परिक्षण केन्द्र जहाँतहि भेला भईकन
संसारलाइ जोगाउन खटिदै गरेका,
कहिले हातमा इन्जेक्सन लिएका त कहिले बोतलमा सलानी पानी भरेका ,
घरपरिवार र आफन्तजनसंग टाढा रहिकन ,
संक्रमणले मृत्यु ताक्न सक्छ भन्ने थाहा भइकन ।
उपचारमा निरन्तर जुटेका परिचारिकाहरु

उनिहरुको,
मुखारविन्दुबाट निस्कने सुन्दर बोलिले,
बिरामीहरु दुख भुलेर हर्षित भइदिन्छन त कतिका आधा समस्या हराएर गइदिन्छन ।
आत्मसम्मानको अपेक्षा र पूरा हुने विश्वास ,
आशा मरिसक्दा पनि हिम्मत नहारी पटक पटकको अभ्यास ।
नयाँ जिवनको उपहार दिएका ,
बाचुन्जेल सेवा गर्ने शपथ लिएका ।
लाखौं परिवारको खुशिको कारण ,
ती महान परिचारिकाहरुलाई
हार्दिक नमन !!
अन्तर्राष्ट्रिय नर्सिङ दिवसको शुभकामना ।

लेखक: दान बहादुर रोकाया

लेखक रोकाया नेपालगन्ज स्थित कैलपाल हस्पिटल एण्ड कलेजमा एच.ए तेर्सो बर्षमा अध्ययनरत विद्यार्थी हुन्

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech