कोभिड रोकथाम र नियन्त्रणका लागि बर्दियामा जारी निषेधाज्ञामा थप कडाई गरिने

    • स्वास्थ्य पेज

  • २८ बैशाख २०७८, मंगलवार

बर्दिया: जिल्ला प्रशासन कार्यालय बर्दियाले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि जिल्लामा जारी निषेधाज्ञालाई थप प्रभावकारी बनाउने भएको छ ।

संक्रमित संख्या र निधन हुनेहरुको संख्या समेत बढ्दै गएको भन्दै यसको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा थप प्रभावकारी बनाउन जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले विभिन्न निर्णय गरेको हो ।

केन्द्रको बैठकले बैंक तथा वित्तिय संस्थाहरुले भोली बैशाख २९ गतेबाट अर्को सूचना नभएसम्म अत्यावश्यक भनि पुष्टि हुने प्रमाण पेश भएका बाहेकका सेवा प्रभाव स्थगित गर्ने निर्णय गरेको छ ।

विवाह, व्रतबन्ध, मृत्यु संस्कार जस्ता सामाजिक कार्यहरु न्यूनतम संख्यामा स्वास्थ्य सुरक्षा मापदण्डको पुर्ण पालना गरि गर्ने निर्णय केन्द्रको बैठकले गरेको छ । अत्यावश्यक उपभोग्य सामाग्री खरिदका लागि बैठकले बिहान ६ देखि ९ बजेसम्मको समय छुट्याएको छ ।

बैठकले निषेधाज्ञाको अवज्ञा गरेको पाईएमा संक्रामक रोग ऐन २०२० बमोजिम तत्काल कारवाही गरिने जनाएको छ ।

हेर्नुहोस् प्रशासनले जारी गरेको सूचना

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech