उच्च आत्मबल भए कोरोनालाई जित्न सकिन्छ-गायक सपुत

    • स्वास्थ्य पेज

  • २८ बैशाख २०७८, मंगलवार

तस्बिर:फाइल

काठमाडौं: उच्च आत्मबल भए कोरोनालाई जित्न सकिने वरिष्ठ सर्जक तथा गायक प्रकाश सपुतले बताउनुभएको छ । गायक सपुतले सामाजिक सन्जाल फेसबुक मार्फत आफन्त, ईस्टमित्र र शुभेच्छुकहरूको शुभेच्छा र स्वयंमको उच्च आत्मबलले कोरोनलाई जित्न सकिने बताउनुभएको हो ।

उहाँले आफुसँगै भाई देबेन्द्र पनि संक्रमण मुक्त भएको जानकारी दिनुभएको छ। गायक सपुतले आमा संक्रमणसँग लडिरहुनुभएको समेत जानकारी दिनुभएको छ ।

आमा बलियो आत्मविश्वासका साथ जुधिरहनुभएको छ । आमाले पनि कोरोना जित्नुहुनेछ, उहाँले सामाजिक सन्जालमा अगाडी लेख्नुहुन्छ-आज आमाको मुख हेर्नेदिन हामीले दुरी कायम गरेरै भएपनि आमालाई माया र कृतज्ञ प्रकट गर्‍यौँ ।”

 

 

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech