मंगलबार देशभर ५ हजार बढीले कोरोना जिते, निको हुने दर ७५ प्रतिशत बढी

    • स्वास्थ्य पेज

  • २८ बैशाख २०७८, मंगलवार

काठमाडौं: कोभिड संक्रमित संख्या दिन प्रतिदिन बढिरहेको नेपालमा संक्रमण मुक्त हुनेहरुको संख्या पनि बढिरहेको छ । संक्रमण मुक्त भएर आज मंगलबार ५ हजार बढी डिस्चार्ज भएका छन् ।

मंगलबार देशका विभिन्न संस्थागत र होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका ५ हजार २२५ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हालसम्म नेपालमा कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख १२ हजार १९ पुगेको छ। निको हुने दर करिब ७५.५ प्रतिशत छ ।

यसैबचि गएको २४ घण्टामा नेपालमा थप ९ हजार ४८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अहिले करिब ९७ हजार बढी कोभिडका सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् ।

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech