कोभिड संक्रमणका कारण एकैदिन २२५ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २८ बैशाख २०७८, मंगलवार

तस्विरः फाइल

काठमाडौं: कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको कोभिड अपडेटमा थप २२५ जना संक्रमित बिरामीको मृत्यु भएको उल्लेख छ ।

मन्त्रालयका अनुसार नेपाली सेनाले उपलब्ध गराएको तथ्यांक समावेश गर्दै पछिल्लो २४ घण्टामा थप २२५ जनाको मृत्युको विवरण सार्वजनिक गरिएको हो ।

कोरोना संक्रमण तिब्र रुपमा फैलिएपछि नेपालमा मृत्युदर पनि बढिरहेको छ । गम्भीर प्रकृतिका संक्रमितहरुको संख्या बढी भएका कारण पनि मृत्युदर बढि रहेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech