कोरोना खोप खरिद सम्बन्धी तथ्यहीन कुरा नबोल्न नेताहरुलाई मन्त्री त्रिपाठीको आग्रह

    • स्वास्थ्य पेज

  • २८ बैशाख २०७८, मंगलवार

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोप खरिद सम्बन्धी तथ्यहीन र आत्मरिताका कुरा नबोल्न नेताहरुलाई आग्रह गर्नुभएको छ ।

मन्त्री त्रिपाठीले कोरोना विरुद्धको खोप खरिदका क्रममा कसैलाई पनि कमिसन नदिएको दाबी गर्नुभएको हो । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले खोप खरिदमा कसैलाई पनि कमिसन नदिएको तर अनर्गल र झूटा प्रचारप्रसार भएको बताउनुभयो ।

पत्रकार सम्मेलनका क्रममा उहाँले भन्नुभयो ‘यो बीचमा धेरै हल्लाहरू आए, तर म के स्पष्ट पार्न चाहन्छु भने खोप खरिदका लागि कसैलाई एक पैसा कमिसन दिएका छैनौं र लिएका पनि छैनौं ।

हामीले खरीद गरेकै २० लाख डोज हो। त्यो पनि ४ डलरको दरले। उहाँले भन्नुभयो- यदि ४ डलर भन्दा कममा कसैले खोप उपलब्ध गराउँछ भने नेपाल सरकार १ करोड भन्दा बढी डोज खरिद गर्न तयार छ ।

उहाँले खोप सम्बन्धीको कुरा बुझेर मात्र बोल्न नेताहरुलाई आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो, म नेताहरुलाई भन्न चाहान्छु बोल्न त बोल्नु बुझेर मात्रै बोल्नु । कुनै तथ्यांक, डेटा छैन भने हामी सहयोग गर्न तयार छौं ।

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech