चीन सरकारले सहयोग स्वरूप दिएको ४०० थान अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो

    • स्वास्थ्य पेज

  • २८ बैशाख २०७८, मंगलवार

तस्बिर:फाइल

काठमाडौं: चीन सरकारले सहयोग स्वरूप दिएको ४०० थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल आईपुगेको छ ।

यी सामान ल्याएर चीनको बेइजिङबाट आएको नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा अवतरण गरेको हो ।

चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय आज आएको हो । निगमको वाइडबडी ए ३३० जहाज ती सामान लिन सोमबार राति बेइजिङ गएको थियो ।

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech