अक्सिजन र अस्पतालको सहज व्यवस्था गर्न सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश

    • स्वास्थ्य पेज

  • २८ बैशाख २०७८, मंगलवार

काठमाडौं: सर्वोच्च अदालतले औषधि र अक्सिजनको सहज आपूर्ति बनाउन, थप स्रोत–साधनयुक्त अस्पतालहरू सञ्चालनमा ल्याउनका साथै बिरामीको चापलाई ख्याल गरी तत्काल अस्पतालहरुमा जनशक्तिको आपूर्ति गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन तथा थप साधनयुक्त अस्पताललगायत पूर्वाधार तत्काल तयार गर्न आदेश जारी गरेको हो ।

अधिवक्ता शैलेन्द्रकुमार अम्बेडकरको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले नगरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने हुनाले अक्सिजन, औषधी, अस्पताल र जनशक्ति व्यवस्थापनका लागि सरोकारवालाको प्रतिनिधित्व हुने गरी एउटा कार्यसमिति बनाउन पनि आदेश दिएको छ ।

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech