१० मिनेटको फरकमा बाँकेमा थप दुईजना कोभिड संक्रमित बिरामीको मृत्यु

    • स्वास्थ्य पेज

  • २८ बैशाख २०७८, मंगलवार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप दुईजनाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा एकजना र भेरी अस्पताल नेपालगन्जमा एकजना गरि थप दुईजनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेका छन् ।

मृत्यु हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिका-१४ का ६० वर्षिय पुरुष र गुर्वाकोट नगरपालिका-८ सुर्खेतका ५३ वर्षिय पुरुष हुनुहुन्छ । नेपालगन्ज-१४ का ६० वर्षिय पुरुषको बैशाख १० गते पीसीआर परीक्षण गरिएको थियो ।

थप उपचारका लागि १२ बैशाखमा भेरी अस्पतालमा भर्ना हुनुभएका उहाँको आज दिउँसो २:४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै गुर्वाकोट ८ सुर्खेतका ५३ वर्षिय पुरुषको स्वास्थ्यमा समस्या आएपछि बैशाख २३ गते पीसीआर परीक्षण गरि सोही दिन अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार नआउँदा उहाँको आज दिउँसो २:५० बजे मृत्यु भएको जिल्लाका कोभिड फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि आएका जिल्ला बाहिरका १५२ जना र जिल्लाकै १९८ जनाको मृत्यु भईसकेको छ ।

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech