कर्णाली प्रदेशमा स्वास्थ्यका १२० कर्मचारीको करार नियुक्ति

    • स्वास्थ्य पेज

  • २८ बैशाख २०७८, मंगलवार

सुर्खेतः कर्णाली प्रदेश सरकारले स्वास्थ्यका १२० कर्मचारीलाई करार नियुक्ति दिएको छ। प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका पाँचौँ तहका १२० कर्मचारीलाई करार नियुक्तिका लागि सिफारिस गरेको हो। आयुर्वेदिकतर्फ दुई, रेडियोग्राफर फार्मेसी असिस्टेन्ट छ, ल्याब टेक्निसियनतर्फ १२ र स्टाफ नर्सतर्फ ७६ जनालाई करार नियुक्तिका लागि सिफारिस गरिएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो ।

निर्देशक डा खड्काका अनुसार प्रदेश अस्पताल सुर्खेतमा तीन, स्वास्थ्य सेवा कार्यालय कालीकोटमा र जाजरकोटमा दुई÷दुई, हुम्ला, मुगु र डोल्पामा एकएक हेल्थ असिस्टेन्ट सिफारिस गरिएको छ। त्यस्तै प्रदेश अस्पताल सुर्खेत, जिल्ला अस्पताल दैलेख, रुकुमपश्चि, कालीकोट, जाजरकोट र मुगुमा एक÷एक गरी छ रेडियोग्राफरलाई करार नियुक्ति दिइएको छ।

त्यसैगरी प्रदेश अस्पतालमा पाँच र मेहलकुना अस्पताल सुर्खेतमा एक गरी छ, स्वास्थ्य सेवा कार्यालय मुगु, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा एकएक गरी १२ ल्याब असिस्टेन्टलाई करार नियुक्ति दिइएको उनले बताउनुभयो। त्यस्तै फार्मेसी सहायक प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान एकएक गरी छ जना सिफारिस गरिएको छ।

निर्देशक डा खड्काका अनुसार स्टार्फ नर्स कर्णाली प्रदेश अस्पतालमा ५९ र मेहलकुना अस्पतालमा दुई, स्वास्थ्य सेवा कार्यालय हुम्लामा तीन, मुगु, डोल्पा, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम, सल्यानमा दुईदुई गरी १५ जना सिफारिस गरिएको छ। स्वास्थ्य सेवा कार्यालय मुगु र दैलेखका लागि एक÷एक जना कविराज नियुक्त गरिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

करार नियुक्तिका लागि सिफारिस भएका सबै कर्मचारीलाई पाँच दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशनालयले निर्देशन दिएको छ। प्रदेश सरकारले असोज ८ गते सेवा करारका लागि गरेको विज्ञापनमा विभिन्न ढिलाइ भए पनि हालै सिफारिस गरिएको जनशक्तिले कोभिड नियन्त्रण तथा व्यवस्थापनमा ठूलो सहयोग पुग्ने प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले बताउनुभयो।

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech