लुम्बिनी प्रादेशिक अस्पतालमा थप १२ संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २८ बैशाख २०७८, मंगलवार

बुटवलः लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालको इमर्जेन्सीमा विभागमा उपचाररत उनीहरूको मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार मृत्यु हुनेमा रूपन्देहीका ७ जना र कपिलवस्तुका ३ जना रहेका छन्। यस्तै, नवलपरासी पश्चिम र प्युठानका एकरएक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

१२ जनामध्ये ११ जना पुरुष र एकजना महिला रहेका डा गौतमले बताउनुभयो । डा गौतमका अनुसार उनीहरू सबै निमोनियाले ग्रस्त भएर आएका थिए।

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech