भारतमा कोभिड संक्रमण दर उस्तै, दैनिक साढे तीन लाख बढीमा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २८ बैशाख २०७८, मंगलवार

तस्बिर:बिबिसी

काठमाडौं: कोरोना भाइरस संक्रमण करिब नियन्त्रण बाहिर रहेको भारतमा कोभिडका ३ लाख ६६ हजार बढी नयाँ बिरामी थपिएका छन् । गएको २४ घण्टामा ३ लाख ६६ हजार १६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

केहिसमय यता भारतमा दैनिक जसो साढे तीन लाख बढी कोभिड संक्रमित थपिइरहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।संक्रमण दर निरन्तर उकालो लागिरहेको भारतमा बिरामीहरुको मृत्यु दरपनि निरन्तर बढिरहेको छ । पछिल्लो २४ घण्टमा त्यहाँ ३ हजार ७५४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म कोरोना भाइरस संक्रमणका कारण भारतमा २ लाख ४६ हजार ११६ जनाले ज्यान गुमाइसकेका छन् । भारतमा हालसम्म संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ करोड २६ लाख ६२ हजार ५७५ पुगेको छ ।संक्रमण दर निरन्तर उकालो लाग्दा भारतमा उपचारमा समस्या छ ।

त्यहाँका अस्पतालमा आईसियू, भेन्टिलेटर बेड, अक्सिजन लगायतको अभाव छ। संक्रमण रोकथाम र नियन्त्रणका लागि त्यहाका धेरै प्रदेशमा लकडाउन गरिएको छ।

 

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech