फाइजर–बायोएनटेकको खोप अमेरिकामा १२ देखि १५ वर्षसम्मका बालबालिकामा पनि स्वीकृत

    • स्वास्थ्य पेज

  • २८ बैशाख २०७८, मंगलवार

तस्बिर बिबिसी

काठमाडौं: कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीका लागि अमेरिकाले स्वीकृत गरेको छ ।

फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले यो निर्णय कोरोना भाइरसको महामारीसँगको युद्धमा महत्वपूर्ण कदम रहेको बताएको छ ।अब १२ वर्ष देखिकाले यो खोप लगाउन पाउने भएका छन् । यो अभियान सम्भवत मे १३ बाट सुरु हुनसक्ने बिबिसीले जनाएको छ ।

सो खोप यसअघि नै १६ वर्षमाथिकालाई दिईँदै आइएको छ । फाइजर र बायोएनटेकले १२ देखि १५ वर्ष उमेरका २२ सय ६० जनामा गरेको परीक्षणको नतिजापछि सुरक्षित र प्रभावकारी देखिएकाले खोपलाई स्वीकृति दिइएको जनाईएको छ ।

एफडिएले स्वीकृति प्रदान गरेपछि अब सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ९सिडिसी० को सल्लाहकार बोर्डले परीक्षणको नतिजा मूल्यांकन गरेर पारित गरेपछि मात्रै खोप लगाउन थालिने छ ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो जुलाई ४ सम्ममा कुल जनसंख्याको ७० प्रतिशतमा खोप लगाइसक्ने लक्ष्य रहेको बताएका थिए।

 

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech