डा.सुभाष योगी माहासंघ बाँकेको स्वास्थ्य परामर्शदातामा नियुक्त्त

    • स्वास्थ्य पेज

  • २७ बैशाख २०७८, सोमबार

नेपालगन्ज: नेपाल पत्रकार महासंघ बाँकेले नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा कार्यरत फिजिसियन डा.सुभाष योगीलाई परामर्शदाताका रुपमा नियुक्त्त गरेको छ ।

कोभिड संक्रमण तिब्र रुपमा फैलिरहेकाबेला जिल्लामा संक्रमण पुष्टि भएका पत्रकारहरूलाई स्वास्थ्य सहजीकरणका लागि डा.योगीलाई नि:शुल्क परामर्शदाताका रुपमा नियुक्त्त गरिएको महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले बताउनुभयो ।

कोही पत्रकारलाई कोभिड पुष्टि भई बिरामी भएपछि महासंघले डा.योगीलाई घरमै लिएर बिरामीको उपचारमा सहजीकरण गर्नेछ ।

संक्रमण दर निरन्तर उकालो लागिरहेको यो समय आफ्ना पत्रकारको स्वास्थ्य सुरक्षाको ख्याल राख्नु पत्रकार महासंघ बाँकेले आफ्नो जिम्मेवारी र कर्तव्य ठानेकोे भन्दै माहासंघले डा.योगीसँग सम्झौता गरेको हो ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech