देशभर कोभिडको संक्रमित संख्या ४ लाख नाघ्यो, सक्रिय संक्रमित संख्या ९३ हजार बढी

    • स्वास्थ्य पेज

  • २७ बैशाख २०७८, सोमबार

काठमाडौं: सोमबार देशभर ९ हजार २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा देशभरका पीसीआर प्रयोगशालाहरुमा १७ हजार ६२३ नमुना र विभिन्न नाकाहरुमा ७८८ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ९२७१ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसँगै अब कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ । गएको २४ घण्टामा देशभर ४ हजार ७ कोभिडका बिरामी संक्रमण मुक्त भएका छन् । हालसम्म देशभर कोभिडबाट निको हुनेहरुको कुल संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ ।

हाल ९३ हजार ७४१ कोभिडका सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् । देशभर ४२७ जना क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण १३९ जनाको मृत्यु भएको छ ।

हालसम्म संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ३ हजार ८५९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech