बाँकेका अस्पतालमा कोभिड संक्रमित थप दुईजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २७ बैशाख २०७८, सोमबार

तस्विरः फाइल

कोहलपुर: कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ ।

संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा एकजना र मेडिकल कलेजमा एकजना गरि थप दुईजनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालहरुले पुष्टि गरेका छन् । मृत्यु हुनेहरुमा खजुरा गाउँपालिका-१ का ६५ वर्षिया महिला र कोहलपुर नगरपालिका-१ का ७० वर्षिया महिला हुनुहुन्छ ।

खजुराका ६५ वर्षिया महिलाको बैशाख २२ मा पीसीआर परीक्षण गरि थप उपचारका लागि हिजो बैशाख २६ गते मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उहाँको आज बिहान १० २० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै कोहलपुरका ७० वर्षिया महिलाको पीसीआर रिर्पोट नआउँदै मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि हिजो अस्पताल भर्ना हुनुभएको उहाँको आज ११ बजे बिहान मृतयु भएको अस्पतालले जनाएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार कोभिडका कारण हालसम्म बाँकेका १९० जनाको मृत्यु भईसकेको छ ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech