कोरोना संक्रमित सांसदहरुलाई टेन्टमा राखियो

    • स्वास्थ्य पेज

  • २७ बैशाख २०७८, सोमबार

काठमाडौंः कोरोना संक्रमित सांसदहरुलाई टेन्टमा राखिएको छ । उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लिन खोजेको विश्वासको मतको मतदान प्रक्रियामा भने सहभागी गराइने छ ।

संसद सचिवालयले यसअघि नै कोरोना संक्रमित सांसदहरुलाई संसद बैठकमा सहभागी नगराउने र मत विभाजनमा भने सहभागी गराउने निर्णय गरेको थियो । संघीय संसद सचिवालयले कोरोना परीक्षण गराउँदा २६ जना सांसदहरुमा संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकाहरुलाई मात्रै संसद भवनमा प्रवेश दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठक आज बस्दै छ । सो बैठकमा सहभागी हुन सांसदहरु नयाँबानेश्वरस्थित संसद भवन जाने क्रम जारी छ ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech