बुटवलमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २७ बैशाख २०७८, सोमबार

बुटवलः बुटवलमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत चारजना र लुम्बिनी प्रादेशिक अस्पतालको जनरल आईसीयूमा उपचाररत एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुपन्देही,कपिलवस्तु र दाङका एक–एकजना हुन् । लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमका अनुसार वैशाख २३ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका तिलोत्तमा-२ का ५६ वर्षीय पुरुषको आइतबार राति ९ः ५० बजे मृत्यु भएको हो ।

यस्तै कोरोना विशेष अस्पतालमा बैशाख १७ गते भर्ना भएका कपिलवस्तु बनगाईका ४३ वर्षीय पुरुषको आइतबार राति ८ः ३० बजे र सोही अस्पतालमा वैशाख १८ गते भर्ना भएका दाङ तुल्सीपुर–५ की ३७ वर्षिया महिलाको आइतबार राति १०ः ०७ बजे मृत्यु भएको हो ।

यस्तै वैशाख २४ गते भर्ना भएका बुटवल–७ का ४५ वर्षीय पुरुषको सोमबार बिहान ७ः ५२ मा र १८ गते भर्ना भएका तिलोत्तमा- १ का ६४ वर्षीय पुरुषको बिहान ८ः ४२ बजे मृत्यु भएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांक अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या २७१ पुगेको छ ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech