नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोभिड संक्रमण मुक्त

    • स्वास्थ्य पेज

  • २७ बैशाख २०७८, सोमबार

काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ संक्रमण मुक्त हुनुभएको छ । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नर्भिकअस्पतालमा उपचारमा रहनुभएका खनाल आईतबार साझँ संक्रमण मुक्त हुनुभएको हो ।

खनालको पीसीआर परीक्षण गर्दा कोभिड संक्रमण नदेखिएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । संक्रमण पुष्टि भएपछि बैशाख १८ गते नर्भिकमा भर्ना भई उपचार गराईरहुनुभएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख छ ।

स्वास्थ्यमा सुधार भएको भएपनि चिकित्सकको सल्लाह अनुसार केहिदिन उहाँ अझै अस्पतालमै रहनुहुने स्वकीय सचिव कृष्ण भट्टराईले बताउनुभएको छ ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech