भेरी अस्पतालमा कोभिड संक्रमित ५१ वर्षिय पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • २७ बैशाख २०७८, सोमबार

तस्बिर:फाइल

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा कोभिड संक्रमित थव एकजना बिरामीको मृत्यु भएको छ ।

अस्पतालमा उपचारका क्रममा नेपालगन्ज उपमहानगरपालिका-१९ बाँकेका ५१ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

स्वास्थ्यमा समस्या आएपछि बैशाख १७ गते पीसीआर परीक्षण गरि सोही दिन अस्पतालमा भर्ना हुनुभएका उहाँको स्वास्थ्यमा सुधार नआउँदा आज बिहान ७ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

योसँगै कोभिड संक्रमणका कारण बाँकेका १८८ जनाले हालसम्म ज्यान गुमाइसकेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको तथ्यांकमा उल्लेख छ ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech