भारतमा कोभिड संक्रमित बिरामीहरुको उपचारमा सेनाका अवकाशप्राप्त डाक्टर खटाइने

    • स्वास्थ्य पेज

  • २७ बैशाख २०७८, सोमबार

तस्बिर:बिबिसी

काठमाडौं: कोरोना भाइरस संक्रमण करिब नियन्त्रण बाहिर गएको भारतमा संक्रमित बिरामीहरुको उपचारमा सेनाका अवकाशप्राप्त डाक्टर पनि खटिने भएका छन् ।

स्वास्थ्य प्रणाली कमजोर बन्दै गएकाले सेनाका अवकाशप्राप्त चार सय जना डाक्टरलाई सेवामा खटाउने तयारी त्यहाँको रक्षा मन्त्रालयले गरको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरुलाई ११ महिनाका लागि नियुक्त गरी उपचारमा खटाउने तयारी भैरहेको छ ।

हरेक दिनजसो भारतमा करिब ४ लाख कोभिडका नयाँ बिरामीहरु थपिरहेका छन् । संक्रमणका कारण ज्यान गुमाउनेहरु पनि प्रतिदिन ४ हजारको करिब छन् ।

संक्रमण नियन्त्रण बाहिर गएपछि भारत सरकारलाई देशव्यापी लकडाउन गर्न दबाब छ । भारतीय चिकित्सा संघले निश्चित ठाउँको लकडाउन भन्दा देशव्यापी लकडाउनको माग गरेको छ ।

कारोना भाइरसको संक्रमण नियन्त्रणका लागि केन्द्रीय स्वास्थ्य मन्त्रालयले पर्याप्त काम गर्न नसकेको भन्दै संघले आलोचना पनि गरेका छ ।

 

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech