कोभिड संक्रमित बर्दियाका दुईजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २७ बैशाख २०७८, सोमबार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ । कोभिड संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा एकजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरी थप दुईजनाको मृत्यु भएको अस्पतालहरुले पुष्टि गरेका छन् ।

मृत्यु हुनेहरुमा गुलरिया नगरपालिका-७ बर्दियाका ४६ वर्षिया महिला र बासगढी नगरपालिका-८ बर्दियाका ६८ वर्षिय पुरुष हुनुहुन्छ । गुलरिया-७ बर्दियाका ४६ वर्षिया महिलाले स्वास्थ्यमा समस्या आएपछि कोभिड आशंकामा बैशाख २३ गते पीसीआर परीक्षण गर्नुभएको थियो ।

थप उपचारका लागि २६ बैशाखमा भेरीमा भर्ना हुनुभएका उहाँको हिजैे २६ गते राती १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै बासगढी नगरपालिका-८ बर्दियाका ६८ वर्षिय पुरुषले बैशाख २२ मा पीसीआर परीक्षण गरि हिजो २६ बैशाखमा अस्पताल भर्ना हुनुभएको थियो ।

उपचारका क्रममा उहाँको हिजो राती ११:५० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । हालसम्म बाँकेमा उपचारका लागि आएका जिल्ला बाहिरका १४१ जनाको मृत्यु भइसकेको छ ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech