अक्सिजन सिलिन्डर र भेन्टिलेटर ल्याउन वाइडबडी विमान चीन जादैं

    • स्वास्थ्य पेज

  • २७ बैशाख २०७८, सोमबार

काठमाडौं: नेपाल एयरलाइन्सको वाइडबडी विमान आज चीन जादैछ ।

चीन सरकारले सहयोग गरेको अक्सिजन सिलिन्डर र भेन्टिलेटर ल्याउन ‘वाइडबडी’ विमान चीन जान लागेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो ।

४०० थान अक्सिजन सिलिन्डर र केही भेन्टिलेटर ल्याउन विमान चीन जान लागेको हो ।

आज राति साढे ११ बजे बेइजिङतर्फ उड्ने निगमको विमान केही थान भेन्टिलेटर र अक्सिजन सिलिन्डर लिएर भोलि काठमाडौं आइपुग्ने छ ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech