कोभिड विरुद्धको लडाइँमा राष्ट्रिय आविष्कार केन्द्रले खेलेको भूमिकाको प्रशंसा

    • स्वास्थ्य पेज

  • २६ बैशाख २०७८, आईतवार

तस्बिर:फाइल

काठमाडौं: कोभिड-१९ विरुद्धको लडाइँमा राष्ट्रिय आविष्कार केन्द्रले खेलेको भूमिकाको उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रशंसा गर्नुभएको छ ।

सिंहदरबारमा आईतबार भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्वको लडाइँमा पुनले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको हो ।

उहाँले केन्द्रको कार्य अनुकरणीय रहेकाले सरकारका तर्फबाट आविष्कार केन्द्रलाई सक्दो सहयोग गरिने आश्वासन समेत दिनुभएको छ ।

उपप्रधानमन्त्रीसँगको भेटमा केन्द्रका अध्यक्ष पुनले कोरोनाको संकट आउनासाथ आफूहरूले ११ प्रकारका सामान तयार गरी निःशुल्क वितरण गरिएको जानकारी दिनुभयो।

त्यस्तै उहाँले अहिलेसम्म ३८ हजार ५०० सेट पीपीई निःशुल्क वितरण गरिसकेको समेत जानकारी दिनुभएको छ।

भेटमा उपप्रधानमन्त्री पोखरेलले कोरोना भाइरस विरुद्धको लडाइँ सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिकाआवश्यक रहेकोमा जोड दिनुभयो।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech