कोभिड संक्रमित थप तीन जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २६ बैशाख २०७८, आईतवार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप तीन जनाको मृत्यु भएको छ । संक्रमणका कारण नेपालगन्ज मेडिकल कलेजमा तीन जनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

मृत्यु हुनेहरुमा बासगढी नगरपालिका-८ बर्दियाका ४४ वर्षिया महिला, गुलरिया नगरपालिका-५ बर्दियाका ५३ वर्षिया महिला र कोहलपुर नगरपालिका-१४ का ६१ वर्षिय पुरुष हुनुहुन्छ ।

योसँगै जिल्लामा कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि आएका जिल्ला बाहिरका १३९ जना र जिल्लाकै १८७ ले ज्यान गुमाइसकेका छन् ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech