बाँकेमा आईतबार ४१५ कोभिड संक्रमित निको भए

    • स्वास्थ्य पेज

  • २६ बैशाख २०७८, आईतवार

नेपालगन्ज: कोरोना भाइरस संक्रमण मुक्त भएर बाँकेमा आज थप ४१५ जना डिस्चार्ज भएका छन् । संक्रमित संख्या दिन प्रतिदिन बढिरेहको बाँकेमा कोभिडबाट निको हुने दर पनि बढिरहेको छ ।

आईतबार जिल्लाका विभिन्न संस्थागत तथा होम आइसोलेसनमा बसेका १८० जना महिला र २३५ जना पुरुष गरि कुल ४१५ जना डिस्चार्ज भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

जिल्लामा अधिकांश संक्रमित होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् । सामान्य लक्षण चिंह भएका र अक्सिजन चाहिने बिरामीहरुका लागि विभिन्न पालिकाहरुले आइसोलेसन बनाएर उपचार दिईरहेका छन् ।

त्यस्तै गम्भीर संक्रमितहरुको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार भैरहेको छ ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech