बाँकेका दुईवटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २६३ जनामा कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • २६ बैशाख २०७८, आईतवार

नेपालगन्ज: बाँकेका दुईवटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मेडिकल कलेजको पीसीआर प्रयोगशालामा १५७ नमुना परीक्षण गर्दा ११३ जना र बागेश्वरी ल्याबको प्रयोगशालामा २२२ नमुना परीक्षण गर्दा १५० जनामा कोभिड संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रले सार्वजनिक गरेको तथ्यांकमा भेरी अस्पतालको प्रयोगशालाको रिर्पोट र जमुनाह नाकामा गरिने एन्टिजेन परीक्षणको रिर्पोट भने समावेश छैन ।

 

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech