देशभर थप ८८५० कोभिड संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २६ बैशाख २०७८, आईतवार

काठमाडौं: आईतबार देशभर ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा देशभरका विभिन्न पीसीआर प्रयोगशालामा १८ हजार ७८७ नमुना परीक्षणमा ८ हजार ७७७ जना र ५०६ जनाको एन्टिजेन विधीबाट गरिएको परीक्षणमा ७७ जना गरि कुल ८ हजार ८५० जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणका कारण ५२ जनाले ज्यान गुमाएको मन्त्रालयमा रेकर्ड भएको छ । कुल संक्रमितमध्ये हाल ८८ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech