अक्सिजन अभाव भयो, कोभिडका नयाँ बिरामी भर्ना गर्न सक्दैनौ-ओम अस्पताल

    • स्वास्थ्य पेज

  • २६ बैशाख २०७८, आईतवार

काठमाडौं: अक्सिजन अभाव भएको भन्दै ओम अस्पतालले कोरोना भाइरस संक्रमित नयाँ बिरामी भर्ना गर्न नसकिने जनाएको छ ।

अस्पतालले आईतबार एक सूचना जारी गर्दै अक्सिजन आपूर्ति अपर्याप्त भएपछि स्वास्थ्य उपचारका लागि चिकित्सक, नर्स लगायतका मानव संशाधन पर्याप्त भएको अवस्थामा पनि अक्सिजनै कारण नयाँ बिरामी भर्ना लिन नसकिने जनाएको हो ।

अस्पतालले अक्सिजन आपूर्ति सहज हुनासाथ उपचार सेवा पूर्ववत सञ्चालन हुने जनाएको छ ।

 

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech