कोहलपुरका २४ वर्षिय युवा सहित थप ७ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २६ बैशाख २०७८, आईतवार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप सात जनाको मृत्यु भएको छ । संक्रमणका कारण भेरी अस्पतालमा ६ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा एकजना गरी थप सात जनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

मृत्यु हुनेहरुमा कोहलपुर नगरपालिका-११ का २४ वर्षिय पुरुष, राप्तिसोनारी गाउँपालिका-२ बाँकेका ७७ वर्षिय पुरुष,बढैयाताल गाउँपालिका-१ बर्दियाका ९२ वर्षिया महिला, नेपालगन्ज-४ बाँकेका ६५ वर्षिया महिला र राप्तिसोनारी गाउँपालिका-६ बाँकेका ५० वर्षिय पुरुष हुनुहुन्छ ।

त्यस्तै जिल्लाका कोभिड फोकलपर्सन तेज वलीका अनुसार खजुरा गाउँपालिका-३ बाँकेका ७० वर्षिया महिला र डुडुवा गाउँपालिका-५ बाँकेका ४२ वर्षिय पुरुषको समेत कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै जिल्लामा कोरोना भाइरस संक्रमणका कारण बाँकेकै १८६ जनाले ज्यान गुमाइसकेका छन् ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech