बाँकेका अस्पतालमा कोभिड संक्रमित थप ८ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २६ बैशाख २०७८, आईतवार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालहरुमा थप ८ जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा पाँच जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा तीन जना गरी ८ जनाको मृत्यु भएको अस्पतालहरुले जनाएका छन् ।

बढैयाताल-१ बर्दियाका ३० वर्षिया महिला, बढैयाताल-२ बर्दियाका ६५ वर्षिया महिला, दंगिशरण-५ दाङ्गका ८५ वर्षिया महिला, नेपालगन्ज उपमहानगरपालिका-१५ का ७३ वर्षिय पुरुष, नेपालगन्ज-२ का ५३ वर्षिया महिलाको संक्रमणकै कारण मृत्यु भएको छ ।

यस्तै लम्कीचुहा नगरपालिका-१ कैलालीका ४३ वर्षीय पुरुष, तुलसीपुर-६ दाङ्गका ४९ वर्षिय पुरुष र नेपालगन्ज-११ का ४३ वर्षिय पुरुषको मृत्यु भएको जिल्लाका कोभिड फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा जिल्ला बाहिरका १३६ जना र जिल्लाकै १८० जनाको मृत्यु भएको छ ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech